site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच वर्षमा ४.६ अर्ब डलरकाे निर्यात हुने वातावरण बनाउने नेपाल उद्याेग परिसंघकाे घाेषणा

काठमाडाैं । नेपाल उद्योग परिसंघले आगामी पाँच वर्षपछि नेपालबाट ४.६ अर्ब अमेरिकी डलरको निर्यात हुने वातावरण बनाउने घोषणा गरेको छ । 

उद्योग परिसंघको १९औँ साधारण सभाको उद्घाटन समारोहमा परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले यस्तो घोषणा गरेका हुन् । उनले परिसंघले ‘मेक इन नेपाल स्वदेशी’ अभियानमार्फत देशमा वार्षिक १ हजार नयाँ उद्योग दर्ता गर्ने वातावरण बनाउने बताए ।

अध्यक्ष अग्रवालले परिसंघले सन् २०३० सम्ममा कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २५ प्रतिशत पुर्‍याउने गरी काम गर्ने बताए । उनले ‘मेक इन नेपाल स्वदेशी’ अभियानमार्फत देशमा उत्पादनमूलक उद्योगको संख्या बढाइने लक्ष्य राखेको
जानकारी गराए ।

अध्यक्ष अग्रवालले लगानी विस्तार हुन नसक्दा मागमा निरन्तर गिरावट आउने र त्यसले अर्थतन्त्रमा थप जोखिम पर्नसक्ने चिन्ता
व्यक्त गरे । उनले कृषिजन्य भूमिमा समेत कृषि उपजको आयात भइरहेकाले सबैको प्रयास कृषि उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । 

अध्यक्ष अग्रवालले निजी क्षेत्रले उठाएका आर्थिक तथा कानुनी विषयमा सरकारबाट सकारात्मक सोच राख्दै आएपनि कानुनको अन्तिम रूप दिने समयमा निजी क्षेत्रमैत्री नहुने गरेको गुनसो गरे । उनले एउटा कानुनले काम गर्न सहजता प्रदान गर्ने र अर्को कानुनले काम गर्न रोक्ने प्रवृतिले निजी क्षेत्र सशंकित बन्दै गएको दाबी गरे । 

अध्यक्ष अग्रवालले उद्योगी व्यवसायीहरूले औद्योगिक व्यवसाय ऐनले दिएका सुविधासमेत सम्पूर्ण रूपले उपयोग गर्न नसकको भन्दै कानुनहरू व्यवहारिक नहुँदा व्यवसायीहरूमा निरासा छाएको बताए । 

अध्यक्ष अग्रवालले निजी क्षेत्रले विभिन्न समस्या भोगिरहेको अवस्थामा मौद्रिक नीति कसिलो आएको बताए । उनले कसिलो मौद्रिक नीतिले अर्थतन्त्र बलियो बनेपनि लगानीमा समस्या आउने संकेत गरे । मौद्रिक नीतिले उद्योग तथा निर्यात योग्य उत्पादनलाई सहजता गर्ने नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको उनकाे भनाइ छ । 

उनले सरकारले औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्ने नीति लिइरहेको अवस्थामा सञ्चालनमा रहेका उद्योगलाई औद्याेगिक क्षेत्र व्यवस्थापनले भाडा बढाउने निर्णय गर्दा उद्योगीहरूलाई निरुत्साहित गर्ने काम भइरहेको बताए । उनले औद्योगिक क्षेत्र व्यवस्थापनले ७ सय प्रतिशत भाडा बढाउने निर्णय न्यायोचित नभएको भन्दै तत्काल निर्णय र्फिता लिन आग्रह गरे ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  २३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro