site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनुषामा ६ हजार उमेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण
फाइल तस्बिर : निर्वाचन आयोग नेपालकाे कार्यालय ।

जनकपुरधाम । धनुषामा करिब ६ हजार उमेदवारले निर्धारित समयमा निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

पाँच हजार ९५३ उमेदवारले वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको खर्च विवरण अहिलेसम्म पनि नबुझाएकाे प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएकाे छ । 

निर्वाचन आयोगले खर्च विवरण असार २५ गतेसम्म अन्तिम समय निर्धारण गरेकाे थियाे । तर, निर्वाचन कार्यालयका अनुसार धनुषामा हाल सम्म ४१० जनालेमात्रै निर्वाचन खर्च विवरण बुझाएका छन् । 

धनुषाका १८ स्थानीय तहमा ८८१ पदका लागि निर्वाचन भएको थियो । जसको लागि ६ हजार ३६३ जनाले उमेदवारी दर्ता गराएका थिए ।

उमेदवारी दर्ता गराएका प्रमुख पदका ३८ जनाले मात्रै निर्वाचन खर्च बुझाएका छन् । प्रमुख पदमा खर्च विवरण बुझाएकामध्ये १० जना निर्वाचित प्रमुख/अध्यक्ष रहेका छन् । आयोगले रुजु नगरिसकेको भन्दै नामसहित विवरण सार्वजनिक गर्न भने कार्यालयले मानेन । सबैभन्दा बढी निर्वाचन खर्च विवरण डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बुझाएको कार्यालयले जनाएको छ ।

कारबाहीकाे तयारी

जिल्ला समन्वय समिति धनुषाकाे सभापति चयन भएपछि कार्यालयले थप एक महिना समय दिएको थियो । कार्यालयले असार ८ पुनः पत्राचार गर्दै उमेदवारी दिएका सबैलाई निर्वाचन खर्च विवरण बुझाउन भनेकाे थियाे ।

तर, पत्रको बेवास्ता गर्दै उमेदवारहरूले खर्च विवरण बुझाउन आलटाल गरिरहेका छन् । सो समयमा नबुझाउने उमेदवारलाई आयोगले संघीय कानुनबमोजिम कारबाही गर्ने तयारी गरेकाे छ ।

"राजनीतिक दल वा उमेदवारले निर्वाचनको अन्तिम नतिजा प्रकाशित भएको मितिले तीस दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भरपाइसहित आयोगले तोकेको कार्यालयमा विवरण पेस गर्नुपर्ने," आयोगले जारी गरेको पत्रमा अगाडि लेखिएको छ, "दफा २४ बमोजिम हदभन्दा बढी खर्च गर्ने वा दफा २५ बमोजिम तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने निज दल वा उमेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना हुन सक्नेछ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro