site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाना कप भलिबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा 

काठमाडौं । बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सुरु भएको बाना कप भलिबल प्रतियोगितामा आइतबार क्वार्टरफाइनल समीकरण पूरा भएको छ । 

बाल्टिमोरको जोसेप स्पोर्टस कम्प्लेक्समा आजबाट सुरु भएको प्रतियोगितामा पुरक्षतर्फका टेक्सासको सुदूरपश्चिमसँगै बेलमोन्ट बाल्टिमोर, बाल्टिमोर युथ क्लब, एनआरएनए मेरिल्याण्ड, योङ ब्लड पेन्सलभेनिया, बागलुङ समाज मेरिल्यान्ड, सिन्धुबुद्ध न्युयोर्क र न्युयोर्क ह्वाइटसे अन्तिम आठमा स्थान बनाए । 

१८ टिमको सहभागिता रहेको पुरुष तर्फको प्रतियोगितामा समुह 'ए' बाट फारवेस्ट टेक्सास विजेताका रुपमा अन्तिम चारमा स्थान बनायो भने बेलमोन्ट उपविजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनायो । 

यस्तै समूह 'बी'बाट बाल्टिमोर युथ क्लब विजेता र एनआरएनए मेरिल्यान्ड उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगे । समूह बी बाट योङ ब्लड विजेता र बागलुङ समाज उपविजेताको रूपमा अन्तिम आठमा पुगे । 

समूह डी बाट सिन्धु बुद्ध र न्युयोर्क ह्वाइटले अन्तिम आठमा पुगे । क्वार्टरफाइनलमा फारवेस्ट टेक्सास र बागलुङ समाजबीच प्रतिस्पर्धा हुनेछ भने बेलमोन्ट र योङ ब्लड, बाल्टिमोर युथ र न्युयोर्क ह्वाइट, एनआरएनए मेरिल्यान्ड र सिन्धु बुद्धबीच प्रतिस्पर्धा हुनेछ । 

बानाको आयोजनामा दोस्रो पटक भइरहेको प्रतियोगितामा महिला टिमलाई भने पहिलो पटक समावेश गरिएको हो । महिला तर्फ चार टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको बिजेताले पाँच हजार ५ सय ५५ अमेरिकी डलर पाउने छ भने उपविजेताले ३ हजार ३ सय ३३ डलर पाउने छन् ।

प्रतियोगिताको उद्घाटन बाल्टिमोर काउन्सिल म्यान डेविड मार्क्स, बानाका अध्यक्ष सुबोध बिलास पन्तले संयुक्त रूपमा गरेका थिए । यस्तै उद्घाटन कार्यक्रममा बानाका महासचिव सागर घिमिरेसहित अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो । 

यस्तै डिस्ट्रिक्ट ८ का हाउस अफ डेलिगेट प्रतिस्पर्धी ग्लेन गिलहर, बाना ट्रस्टी मेम्बर प्रभु थापा, बानाका सल्लाहकार दमनबिक्रम शाह र बाना स्पोर्टस कोर्डिनेटर भिम केसीको उपस्थिति रहेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro