site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्कटल्यान्ड क्रिकेट बोर्डका सदस्यहरूले दिए सामूहिक राजीनामा

काठमाडौं । क्रिकेट स्कटल्याण्ड बोर्डका सदस्यहरूले खेलमा जातीय भेदभावको समीक्षा प्रकाशित हुनुभन्दा एक दिन अगाडि आइतबार सामूहिक राजीनामा दिएका छन् ।

चाँडै स्कटल्यान्डको खेलमा संस्थागत नस्लवाद रहेको निष्कर्षसहितका प्रतिवेदन सार्वजनिक हुने अपेक्षा गरिएको छ । आइतबार बिहानै  बोर्डका निर्देशकहरूले अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राजीनामापत्र बुझाएका थिए ।

आगामी दिनमा क्रिकेट खेललाई अघि बढाउनका लागि स्पोर्ट स्कटल्यान्डसँग सहकार्य गरेर अघि बढ्ने बताइएको छ । 

“हामी सबै साँच्चै क्षमाप्रार्थी छौँ र स्कटल्याण्ड क्रिकेटमा नस्लवाद, वा अन्य कुनै पनि प्रकारको भेदभावको अनुभव गर्ने सबैसँग सार्वजनिक रूपमा माफी माग्दछौँ,” उनीहरूले राजीनामापत्रमा लेखेका छन् ।

सीईओलाई पठाएको पत्रमा उनीहरूले प्रतिवेदनमा लेखिएका विषयवस्तुबारे थाहा नभएको बताएका छन् । तर, उनीहरूले ‘प्रस्तावित समय तालिका र अनिवार्य रूपमा गर्नुपर्ने कार्यहरू’ बारे सचेत गराइएका छन् ।

उनीहरूले जातिवादका मुद्दाहरूको द्रुत समाधान खोज्ने योजना, र खेल शासनलाई आधुनिकीकरण गर्ने योजना प्रस्तावित समय तालिका र वर्तमान शासन ढाँचाभित्र असम्भव भएको बताएका छन् । 

स्पोर्टस्कटल्याण्डलाई अनुदान दिने निकायले गत वर्षदेखि नस्लवादको अनुसन्धान सुरु गरेको थियो । त्यसको प्रतिवेदन सोमबार प्रकाशित हुने भएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro