site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानविरुद्ध श्रीलंकाको राम्रो सुरुआत

काठमाडौं । दिनेश चन्डीमलले ८० रन बनाएपछि श्रीलंकाले पाकिस्तानविरुद्ध दोस्रो टेष्टको पहिलो दिन राम्रो सुरुआत गरेको छ । 

श्रीलंकाको गल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो दिन सकिँदा घरेलु टोली ३१५/६ को स्थितिमा छ ।

श्रीलंकाका निरोशन दिकवेला ४२ र डुनिथ वेलालेग ६ रन बनाएर क्रिजमा छन् । 

टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाका ओपनर ओशादाा फर्नान्डो र कप्तान दिमुथ करुणारत्नेले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । फर्नान्डोले ५० रन बनाए भने करुणारत्नेले ४० रन बनाए । कुशल मेन्डिस ३ रनमा आउट भए । 

श्रीलंकाका लागि १००औँ टेष्ट खेलेका एन्जेलो म्याथ्युज र दिनेश चन्डीमलले चौथो विकेटका लागि ७५ रनको साझेदारी गरे । म्याथ्युज ४२ रन बनाएर आउट भए ।

त्यसपछि चन्डीमलले धनन्जय डी सिल्भासँग पाँचौँ विकेटका लाग ६३ रनको साझेदारी गरे । डी सिल्भा ३३ रन बनाएर पवेलियन फर्किए । चन्डीमल ८० रनमा पवेलियन फर्किए । 

पाकिस्तानका मोहम्मद नवाजले दुई विकेट लिए । नसीम शाह, नौमन अली र यासिर शाहले एक एक विकेट लिए । 
गल क्रिकेट मैदानमै सम्पन्न पहिलो खेलमा पाकिस्तान ४ विकेटले विजयी भएको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro