site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुरका सडकमा एकैसाथ गुड्नेछन् १०० साइकल (तस्बिरसहित)

काठमाडौं । ललितपुर महानगरपालिकाले एक सयवटा साइकल सञ्चालनमा ल्याउने तयारी गरेको छ । महानगरले साइकल लेन प्रयोगमा ल्याउन र सर्वसाधारणको सुविधाका लागि ई–साइकल सेवा सञ्चालनमा ल्याउने तयारी गरेको हो । 

महानगरले पहिलो चरणमा १०० वटा साइकल किनेर चार ठाउँबाट सञ्चालन गर्न लागेको महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले बताए । साइकल अनलाइनमार्फत बुकिङ गरेर चलाउन सकिनेछ ।

“महानगरपालिकाले १०० वटा साइकल किन्छ । त्यसपछि २५–२५ वटा साइकल चार वटा चोकमा राखिन्छ । मोबाइल एपबाट नै साइकल बुक गर्न सकिनेछ । गन्तव्यस्थलमा पुगेपछि पुन: साइकल स्ट्यान्डमै ल्याएर राख्ने हो,” हाछेथुले भने । 

प्रयोगकर्ताले आफूले चलाउने समयको आधारमा पैसा दिनुपर्ने व्यवस्था गरिनेछ । उनीहरूले एउटा स्ट्यान्डबाट अर्को स्ट्यान्डसम्म साइकल प्रयोग गर्न सक्ने हाछेथुले बताए । 

"सबै मानिसहरू साइकल मोटरसाइकल किन्न सक्ने हैसियतका हुँदैनन् । उनीहरूका लागि पनि थप सुविधा हुन्छ । बिहानको समयमा मर्निङवाक लगायतका कामहरूमा पनि प्रयोग गर्न सकिनेछ,” हाछेथुले भने । 

 

महानगरले अहिले साइकल लेन बनाइरहेको छ । महानगर र सडक विभागको समन्वयमा थप फुटपाथ निर्माण र साइकल लेन बनिरहेको हाछेथुेले बताए ।

अहिले पैदलयाुत्र र आम सर्वसाधारणको सुविधाका लागि फुटपाथ खालि गर्ने, सडकमा भएर अव्यवस्थित संरचना भत्काउने तथा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

साइकल सञ्चालने ट्राफिक जाम, फुटपाथ, प्रविधिमैत्री संरचना निर्माणमा पनि सहयोग गर्ने महानगरको विश्वास छ । महानगरपालिकाले पहिलो चरणमा २२ किलोमिटर साइकल लेन बनाएको थियो । अहिले दोस्रो र तेस्रो चरणको योजना अन्तर्गत काम भइरहेको महानगरले जनाएको छ । 

महानगरले ललितपुरभित्रको धुँलोधुँवा कम गर्न विद्युतीय सवारी साधनलाई पनि जोड दिँदै आएको छ । 

तस्बिहररू : अभिषेक महर्जन/बाह्रखरी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro