site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पारसले लिजेन्ड्स लिग क्रिकेट खेल्ने
फाइल तस्बिर ।

काठमाडौं । नेपालका पूर्व कप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । लिजेन्ड्स लिग क्रिकेटले आइतबार पारसलगायत आठ खेलाडीलाई टिममा स्वागत गरेको जनाएको छ । 

ट्वान्टी–२० स्वरूपमा खेलाइने यस प्रतियोगिताको दोस्रो संस्करण यसपटक भारतमा हुने जनाइएको छ । प्रतियोगितामा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत सिजन तीन टिम एसिया लायन्स, इन्डिया महाराजा र वर्ल्ड जायन्टले प्रतिस्पर्धा गरेका थिए । यसपटक एक टोली थपिएको छ । पारसले कुन टिमबाट खेल्ने भनेर खुलाइएको छैन । 

लिजेन्ड्स लिग क्रिकेटले आइतबार पारससँगै चामिन्डा भास, लक्ष्मीरतन शुक्ला, मिचेल म्याक्लेनघन, इयान बट्लर, धमिका प्रसाद र इल्टन चिगुम्बुरा र क्रिष्टोफर एमपोफुले प्रतियोगिता खेल्ने टुंगो लागेको जनाएको हो । 

प्रतियोगितामा ११० खेलाडीले खेल्ने जनाइएको छ । अहिलेसम्म ५० खेलाडीको नाम टुंगो लागेको अयाोजकले जनाएको छ । प्रतियोगितामा १५ खेल हुनेछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro