site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामीलाई गुमाउनु केही छैन, बिना दबाब खेल्नेछौँ : कप्तान आयुष घलान


काठमाडौं । नेपाली युवा टोलीले सोमबार यू–१९ साफ च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालका कप्तान आयुष घलानले आफुहरू बिना दबाब खेल्ने बताएका छन् । आइतबार भारतको भुवनेश्वरमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै आयुषले भने, “यस प्रतियोगिताका लागि धेरै कडा मिहिनेत गरेका छौँ । पहिलो खेल माल्दिभ्ससँग छ । अन्तिम समयसम्म हामी हिम्मत हार्नेछैनौँ । हामीले यहाँ गुमाउनु केही छैन । त्यसकारण बिना दबाब खेल्नेछौँ । ३ अंक लिएर हामी सुखद सुरुआत गर्न चाहन्छौँ ।”

कोभिड–१९ महामारीका कारण यसपटक अखिल नेपाल फुटबल संघ (एन्फा)ले पछिल्लो समय यू–१८ प्रतियोगिता गर्न सकेन । त्यसको यू–२० साफ च्याम्पियसिपको टिम छनोटमा पनि देखिएको छ ।

घरेलु प्रतियोगितामा सफलता हासिल गरेका प्रशिक्षक केसीले खुला छनोटमार्फत नेपालभरका झन्डै ७०० जनाबाट ४१ खेलाडी छनोट गरका थिए । केसीले असार १९ गते ११ जनालाई बिदा गरेर ३० खेलाडीमा टिमलाई झारेका थिए । प्रशिक्षक केसीले साउन २ गतेमात्र ३० बाट अन्तिम २३ खेलाडी टुंगो लगाएका थिए ।

मेघराज केसीले झन्डै डेढ महिनाको तयारी भए पनि टिम राम्रो बनेको बताएका छन् । तर, उनले समूह चरण भएका कारण विपक्षी टिमबारे धेरै ज्ञान नहुनु टिमको कमजोरी रहेको बताएका छन् । 

“हाम्रो समस्या भनेको उमेर समूहको खेल भएका कारण साफमा सहभागी अन्य टिमबारे धेरै थाहा छैन । तर, हामी राम्रो नतिजाका लागि खेल्नेछौँ,” नेपालका मुख्य प्रशिक्षक केसीले भने, “तर, हामीलाई साफमा अन्य टिमको स्तर कहाँ छ भनेर थाहा छ । हामीले त्यसै अनुसार तयारी गरेका छौँ। सबै टिमको सम्मान गछौँ ।  हामी यहाँ जित्नका लागि आएका हौँ ।माल्दिभ्सविरुद्धको खेल कठिन हुनेछ । तर, जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छौैँ ।”

नेपालका कप्तान आयुष घलानसँग राष्ट्रिय टिमको अनुभव छ । त्यस्तै कृतिसरत्न छोन्जुलगायत केही खेलाडीसँग ‘ए’ डिभिजन लिगको अुनभव छ ।

माल्दिभ्सको पनि तीन खेलाडीले राष्ट्रिय टिमको प्रारम्भिक छनोटमा स्थान बनाएका थिए ।

माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले आफूले भारतलाई मात्र बलियो टोलीको रूपमा हेरेको बताएका छन् । उनले थपे, “व्यक्तिगत रूपमा भारत बलियो टोली हो । उनीहरू २, ३ वर्षदेखि सँगै खेलिरहेका छन् । हाम्रो पनि तीन खेलाडीले राष्ट्रिय टिमको प्रारम्भिक छनोटमा स्थान बनाउन सफल भएका थिए । यस प्रतियोगितामा म धेरै आशावादी छु ।”

नेपालले माल्दिभ्सविरुद्ध भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे खेल्नेछ ।

माल्दिभ्सका प्रशिक्षक शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो भएका कारण खेल्न कठिन हुने बताए । उनले थपे, “तर, टिमका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेका छन् । त्यसकारण नतिजा आफ्नो पक्षमा आउने विश्वास छ ।” 

यसअघि १९ र १८ वर्षको उमेर समूहमा हुँदै आएको यस प्रतियोगिता यसपटक २० वर्ष मुनिको उमेर समूहमा हुन लागेको हो । नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । तर, पछिल्लो संस्करण भारतले जितेको थियो । 

प्रतियोगितामा नेपालले दोस्राे खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोबिन लिग पछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro