site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डीएचआई ब्राण्ड नेपाली बजारमा

काठमाडौं । डीएचआई इलेक्ट्रोनिक्स प्रा.ली.ले विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू नेपाली बजारमा ल्याएको छ ।

नेपाली उपभोक्ताहरूको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी डीएचआई ब्रान्ड शुभराम्भ गरिएको हो ।

उक्त कार्यक्रममा डीएचआई ब्रान्डका विभिन्न उत्पादनहरू प्रदर्शन गरिएको कम्पनीले जानकारी दिएको छ । जसमा डीएचआईका घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरू अन्तर्गत टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रीजर  लगयत अन्य घरेलु उपकरणहरू राखिएको कम्पनीले बताएको छ ।

डीएचआई इलेक्ट्रोनिक्सले डीएचआई ब्रान्डका घरायसी उपकरणहरूले भान्सामा र घरमा ग्राहकहरूलाई सहजता र चुस्तता प्रदान गर्ने दाबी गरेको छ ।

डीएचआईका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेलले डीएचआई होम एप्लायन्सका नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादनहरू बजारमा उपलब्ध छन् जुन निकै सुविधाजनक, भरपर्दा र तुलनात्मक रूपमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध रहेको जानकारी दिए । "हामीले डीएचआई ब्रान्डका उत्कृष्ट उत्पादनहरूमार्फत ग्राहकहरूको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्येक घरलाई सुखी घर बनाउने लक्ष्य राखेका छौँ  र हाम्रा ग्राहकहरूको मन पनि जितिरहेको छ," उनले भने । 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro