site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दराज महाबचत बजार अभियान सुरु : सामान किन्दा ६० प्रतिशतसम्म छुट

काठमाडौं । अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान ‘दराज महाबचत बजार’ सुरु भएको घोषणा गरेको छ । उक्त योजना साउन ८ गतेबाट सुरु भएको कम्पनीको भनाइ छ । यो योजनमा आवद्ध हुँदा ६० प्रतिशतसम्म छुट पाइने बताइएको छ ।

दराजका ग्राहकहरूले डेबिट कार्डबाट अधिकतम एक हजार प्रिपेमेन्ट गरेमा १० प्रतिशतसम्म छुट पाउनेछन् भने क्रेडिट कार्डबाट एक हजार ५०० रुपैयाँको प्रिपेमेन्ट गरेमा १२ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसीसी बैंकका कार्डवाहकहरूले उक्त छुटको लाभ लिन सक्नेछन् । यसबाहेक, आफ्नो ई–सेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकहरूले सीमित अवधिका लागि अधिकतम एक हजारसम्मको सामान खरिद गरे १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै अनलाइन प्रिपेमेन्टमा एक हजार ५०० रुपैयाँसम्म को छुट, ७००० सम्म को भाउचर, निःशुल्क शिपिङ, र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका पनि रहेको छ ।

दराज महाबचत बजारमा लोकप्रिय खेल एक रुपैयाँ गेम पनि रहेको छ । जस मार्फत ग्राहकले कुनै पनि पुरस्कार १ रुपैयाँमा जित्ने मौका पाउनेछन् । पुरस्कारहरूमा निउ क्लासिक हेल्मेट, हाईग्राउन्ड एडभेन्चर र प्रोआर्ट आर्टको सामग्री राखिएको छ । ग्राहकले एक पुरस्कारका लागि मात्र खेल्न सक्नेछन् । सहभागी हुनका लागि ग्राहकले अनलाइन प्रिपेमेन्टमार्फत १ रुपैयाँ प्रिपे गर्नुपर्ने बताइएको छ । प्रस्ताव समाप्त भएपछि सबै सहभागीहरूलाई रकम फिर्ता गरिन पनि बताइएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष छुट

दराज महाबचत बजार अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुटहरू रहने बताइएको छ । ग्राहकले आफ्नो मनपर्ने ब्रान्डहरूबाट ६० प्रतिशतसम्म छुट पाउनेछन् । अभियानका लागि डायमन्ड पार्टनर् ः एप्पल, फिलिप्स, अमायरा फेसन हाउस र निउ रहेका छन् ।

प्लेटिनम पार्टनर्समा एर्के, सिजी डिजिटल, कोका, मसला बिड्स, लोत्टो र किउ एन्ड यू फर्निचर रहेका छन् । अन्तमा, गोल्ड पार्टनरहरूमा काडेन्स नेपाल, जुआस, कन्भर्स, आङ्कर, रोहतो मेन्थोलाटम, बियर्डो, जिन्सवेस्ट र लियोन ब्युटी रहेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro