site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईएमई मोटर्सले सरकारलाई दियो विपद् सामूहिक उद्धार भेहिकल

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार भेहिकल हस्तान्तरण गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त रूपमा आयोजना गरिएको एक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आठवटा भेहिकल गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् । त्यसलगत्तै मन्त्री खाँणले आठवटा ती भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनुअघिबाटै आवश्यक उपकरणहरू जुटाउन आवश्यक रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल रहेको उल्लेख गरे । मानिसहरूको जीवन बचाउन, ठुला घटनामा उद्धार गर्न, ठुला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने  विश्वास व्यक्त गरे ।

यो अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्धार गर्न सकिन्छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाइएको छ । यी भेहिकलहरूमा मिनी–अस्पताल प्रकारका उपकरणहरूले सुसज्जित छन् । त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्वपूर्ण हेरचाह सुविधाहरू छन् । यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro