site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौद्रिक नीतिको प्रभाव सेयर बजारमा देखियो, नेप्से ६१ अंकले बढ्यो

काठमाडौं । आइतबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६१ अंक बढेको छ । गत करोबार दिन २७ अंक घटेको नेप्से चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछिको पहिलो कारोबार दिन भने ३.०३ प्रतिशत बढेर २०७८.५१ विन्दुमा पुगेको हो । त्यस्तै आज दुई अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

मौद्रिक नीतिले धितोपत्र बजारलाई सम्बोधन गरेकाले पनि आइतबारको बजारमा हरियाली देखिएको लगानीकर्ताको बुझाइ छ । अहिलेको मौद्रिक नीतिले साना लगानीकर्ताको हितमा स्पष्ट व्यवस्था गरिदिएकाले पनि लगानीकर्ता उत्साहित भएको लगानीकार्ता नयनसिंह बास्तोलाले जानकारी दिए । उनका अनुसार अहिलेको मौद्रिक नीतिले साना लगानीकर्ताको हित सोचेको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ३.१३ प्रतिशतले वृद्धि भएर ३९८.३३ विन्दुमा पुगेको छ । कारोबारमा आएका २१९ धितोपत्रमध्ये तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्स रहेका छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कारोबार अवधिभर कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढी बढ्दैन । यदि कम्पनीको सेयर मूल्य कारोबार अवधिको कुनै पनि समयमा कारोबार बन्द हुन्छ ।

कारोबारमा आएका १३ वटै समूहको उपसूचक वृद्धि भएको छ । आज वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो समूहको उपसूचक ७.२२ प्रतिशत वृद्धि भएको छ । उपसूचक सर्वाधिक वृद्धि हुने दोस्रोमा ‘अन्य’ समूह रहेको छ ।

सर्वाधिक रकमको सेयर खरिद–बिक्री शिभम् सिमेन्टको भएको छ । यो कम्पनीको ३९ करोड ७१ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । त्यसैगरी दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ८२ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro