site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी 

काठमाडौं । सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गरेको ‘रिकोभरी प्लान’ ल्याउने निर्णयानुसार मन्त्रालयले पर्यटन पुनरूत्थान कार्ययोजना सावजनिक गरेको हो । कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताए ।

उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरूलाई सम्मानस्वरूप परिचयपत्र दिने कार्यजना बनाएको पनि बताए ।

सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायांकनका लागि विदेशी चलचित्र निर्माता र कलाकारहरूलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरूको व्यवस्था गरिने उल्लेख गरे ।

उनले सरकारले सगरमाथा आधारशिविरबारे अध्ययन गर्न समिति गठन गर्ने पनि बताए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरूत्थान गरी पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने काम गर्ने विश्वास व्यक्त गरे ।

उनले विगतमा कुनै एक वर्षलाई भ्रमण वर्षका रूपमा मनाएर पर्यटन प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास गर्ने गरिएको भए पनि वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताए ।

मन्त्री श्रेष्ठले नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभई सरकारको कार्ययोजना भएको बताए । भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवा समेत सकारात्मक रहेको उनले जानकारी दिए ।

मन्त्रालयले कोरोना महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्र पुनरूत्थानका लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत चलाउने घोषणा गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro