site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
करातेका प्रसिद्ध नेपाली र जापानी गुरु अमेरिकामा व्यस्त

काठमाडौं । नेपालमा सितेरियो करातेको शुरुवात गराउने पहिलो कराते गुरु थानेश्वर राईदेखि जापानका प्रसिद्ध सेन्सेइ केंजिरो ओएडासम्म अमेरिकामा कराते खेलको प्रवद्र्धनमा व्यस्त बनेका छन् । यी दुई बाहेक यस क्षेत्रका दिग्गज नेपाली गुरु सरोज भट्टराई, सुधीर नेवा, टिआर राई, सुरेन्द्रलाल श्रेष्ठ आदी पनि अमेरिकाको पेन्सिलभानिया राज्यमा भएको एक कार्यक्रममा हालै संलग्न भएका थिए । 

ट्रान्सअमेरिकन एसोसियसन अफ सितेरियो कराते (टीएएसके) र ग्लोबल नेपालीज कराते अर्गनाईजेशन (जीएनकेओ) को संयुक्त तत्वावधानमा पिट्सबर्गमा ६ दिने कराते प्रतियोगिता तथा रेफ्री तालिमको हालै आयोजना भएको थियो । उक्त अवसरमा जापानका अत्यन्त प्रतिष्ठित गुरु स्वर्गिय हिरोमासा तानाकाका उत्तराधिकारी सेन्सेइ केंजिरो ओएडाले करातेको परंपरागत कला तथा काता सम्बन्धि प्रशिक्षण दिएका थिए । साथै ओएडाको निर्देशनमा नेपाली वरिष्ठ प्रशिक्षक सुधिर नाथ नेवाले खेलाडीहरूलाई काता प्रशिक्षण दिएका थिए । 

काता प्रशिक्षण पश्चात वरिष्ठ नेपाली कराते प्रशिक्षक सरोज भट्टराईले रेफ्री तालिम प्रदान गरेका थिए । भट्टराई नेपाल करातेका पूर्व प्राविधिक सदस्य, नेपाल रेफ्री काउन्सिलका सदस्य, प्रमुख राष्ट्रिय रेफ्री प्रशिक्षक, अमेरिकी कराते महासंघका ‘क’ श्रेणीका रेफ्री तथा विश्व कराते कन्फिडेरेसनका रेफ्री पनि हुन् ।

काता तथा रेफ्री तालिम पछिका दिनमा पेन्सिलभेनिया राज्यका विभिन्न कराते स्कुलका करिब १०० जना खेलाडीहरूका बीच प्रतिस्पर्धात्मक खेल भएको थियो । विजयी खेलाडीहरूलाई जापानिज गुरु केंजिरो तथा नेपालमा सितेरियो करातेका जन्मदाता गुरु थानेश्वर राईले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । 

उक्त ६ दिने वृहत् कराते कार्यक्रममा गुरु केंजिरो ओएडाले विशेष परीक्षा सञ्चालन गरेका थिए जसमा एक देखि छ डान प्राप्त १५ जना गुरुहरूको सहभागिता थियो । यो परीक्षामा संलग्न हुने डान गुरुहरूमा आनन्दु लामा, सुधिर नाथ नेवा, सुरेन्द्रलाल श्रेष्ठ, सरोज भट्टराई, टि आर राई, टिलाचन धिमाल, अशोक गुरुङ, पूर्ण सिंह तामाङ, भिम थापा, यधु कुइकेल, एमबी राई, आर राई, एस थापा, उपेन्द्र कुइंकेल र सुनिल महर्जन थिए ।

सो ६ दिने समारोहको समापन हुने दिन अर्थात जुलाई ९ तारिखका दिन नेपाली करातेमा अतुलनिय योगदान पु¥याएका थानेश्वर राई, जापानी गुरु केंजिरो ओएडा, जीएनकेओका केन्द्रिय सल्लाहकार प्रकाश बहादुर सिंह, आईटी सल्लाहकार निर्मल सेडाई एवम् कार्यक्रम प्रायोजक मेग सुवेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उक्त अवसरमा विश्व सितेरियो करोत प्रतियोगिताका पदक विजेदा सुरेन्द्रलाल श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । श्रेष्ठले भविष्यमा अझ वृहत् कार्यक्रम गरिने र सबै पुराना विदेशमा रहेका खेलाडीहरूलाई समेटेर एक ढिक्का बनाई अघि बढ्ने दृढता व्यक्त गरे । अन्त्यमा कार्यक्रमका सभापति तथा अमेरिकन सितेरियो एसोसिएसन अफ अमेरिकाका संस्थापक तथा प्रमुख प्रशिक्षक टि आर राईले सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro