site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राफिन्हाको गोलमा रियालमाथि बार्सिलोनाको जित

काठमाडौं । राफिन्हाले गरेको गोलमा बार्सिलोनाले आइतबार बिहान स्पेनिस ला लिगाको चिरप्रतिद्वन्द्वी रियाल मड्रिडलाई १–० ले पराजित गरेको छ ।

सिजनपूर्वको मैत्रीपूर्ण खेलका लागि अमेरिका भ्रमणमा रहेको बार्सिलोनाका लागि राफिन्हाले २७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । आज बिहान बार्सिलोनाको टचलाइनमा मुख्य प्रशिक्षक जाभी हर्नान्डेज पनि थिए । यसअघिको खेलमा जाभी भिसा समस्याका कारण उपस्थित हुन पाएका थिएनन् ।

निर्णायक गोल गर्ने ब्राजिलियन विंगर राफिन्हा यसै सिजन लिड्स युनाइटेडबाट बार्सिलोनासँग अनुबन्ध भएका हुन् । यसै सिजन चेल्सीबाट बार्सिलोना आएका आन्द्रेस क्रिस्टियनले पनि सुरुआती–११ मा स्थान बनाएका थिए । उनले जेरार्ड पिकेको स्थान लिएका थिए । 

यस्तै, बायर्न म्युनिखबाट बार्सिलोनामा अनुबन्ध भएका रोबर्ट लेवनडोवस्कीलाई पनि जाभीले पहिलो रोजाइमा खेलाएका थिए ।

रियाल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने लुका मड्रिच, कासेमिरो, टोनी क्रुज फर्लान्ड मेन्डीलगायत खेलाडीलाई बेन्चमा राखेका थिए । उनले औरेलिन टिओमेनी र इडुवार्डो कामाभिङ्गालाई भने पहिलो रोजाइमा राखेका थिए ।

अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले यसअघि इन्टर मियामीलाई ६–० ले हराएको थियो । बार्सिलोनाले अब युभेन्टस, न्युयोर्क रेडबुल्स र पुमाससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

रियालले नयाँ सिजन सुरु हुनुअघि अमेरिका, युभेन्टस र फ्रांकफर्टसँग प्रतिस्पर्धा गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro