site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चेल्सीविरुद्ध आर्सनलको सानदार जित

काठमाडौं । आर्सनलले सिजनपूर्वको मैत्रीपूर्ण खेलमा इंग्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी चेल्सीलाई ४–० ले पराजित गरेको छ ।

आइतबार बिहान आर्सनलले १५औँ मिनेटमा गाब्रियल जिससको गोलबाट अग्रता लिएको थियो । जिससलाई आर्सनलले यसै सिजन प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर सिटीबाट अनुबन्ध गरेको थियो । ३६औँ मिनेटमा मार्टिन ओडेगार्डले आर्सनलको अग्रता दोब्बर बनाए ।

६६औँ मिनेटमा बुकायो साकाले तेस्रो गोल गरे । इन्ज्युरी समयमा अल्बर्ट साम्बी लोकोन्गाले चौथो गोल थपेका थिए ।

सिजनपूर्वको मैत्रीपूर्ण खेलमा आर्सनलले कुनै खेल हारेको छैन । आर्सनलले अब शनिबार स्पेनिस ला लिगाको क्लब सेभियासँग प्रतिस्पर्धा गर्नेछ ।

आर्सनलले क्रिस्टल प्यालेससँगको खेलबाट प्रिमियर लिगको नयाँ सिजन सुरुआत गर्नेछ । चेल्सीले भने अब युडिनेससँग मैत्रीपूर्ण खेल खेल्नेछ । चेल्सीले एभर्टनविरुद्धको खेलबाट नयाँ सिजनको सुरुआत गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro