site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्स पहिलोपटक सेमिफाइनलमा, नेदरल्यान्ड्स बाहिरियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । फ्रान्स महिला टिमले शनिबार राति साविक विजेता नेदरल्यान्ड्सलाई थपिएको समयमा १–० ले हराउँदै महिला युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । यससँगै नेदरल्यान्ड्सको उपाधि रक्षा गर्ने यात्रा समाप्त भएको छ । 

इभ पेरिसेटले १०२औं मिनेटमा पेनाल्टीमा गरेको गोल फ्रान्सलाई पहिलोपटक सेमिफाइनलमा स्थान बनाउन सफल भयो । काडिडियाटो डियानीलाई नेदरल्यान्ड्सकी डोमिनिक जेन्सेनले फाउल गरेपछि फ्रान्सले पेनाल्टी अवसर पाएको थियो । पेनाल्टी निर्णय लिनका लागि रेफ्री इभाना मार्टिनसिचले भिडियो सहायक रेफ्रीको साथ लिनु परेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

फ्रान्स आफ्नो पछिल्लो पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । यूरो २०१३, विश्वकप २०१५, ओलम्पिक २०१६, युरो २०१७ र विश्वकप २०१९ मा फ्रान्स क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । तर, फ्रान्सको त्यो पर्खाइ शनिबार राति समाप्त भएको छ । 

अब महिला युरोपियन च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ । फ्रान्सले अब जर्मनसँग प्रतिस्पर्धा गर्नेछ । जर्मनी यस प्रतियोगितामा सबैभन्दा धेरै ८ पटक उपाधि जित्ने टिम हो । अर्को सेमिफाइनलमा आयोजक इङ्ल्यान्ड र स्विडेनले प्रतिस्पर्धा गर्नेछन् । 

Royal Enfield Island Ad

फ्रान्स यसअघि एकपटक मात्रै ठूला प्रतियोगिता २०११ को विश्वकपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro