site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनको अँध्यारो मनकै उज्यालो, मनबहादुर र जिन्दगी नै कहानी हो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मनको अँध्यारो मनकै उज्यालो 
(मुक्तकसंग्रह : डा. शोभाकर पराजुली)
समसामयिक राजनीतिक विषयमा कलम चलाउँदै आएका राजनीतिज्ञ डा. शोभाकर पराजुलीको काव्यकृति प्रकाशनमा आएको छ, ‘मनको अँध्यारो मनकै उज्यालो’ । उनको यो पहिलो कृति हो । मुक्तकसंग्रह ।

साहित्यिक कृति पहिलो भए पनि उनका अरू पुस्तकहरू प्रकाशित भइसकेका छन् । ‘नयाँ समाजको परिकल्पना’, ‘लोकतन्त्र र समाजवाद’, ‘बीपी विचारसंग्रह’, ‘समाजवाद र बीपी कोइराला’जस्ता उनका कृति धेरैअघि नै प्रकाशित भएका हुन् ।

आफ्नो लेखकीयमा डा. शोभाकरले उल्लेख गरेका छन्, ‘साहित्यप्रतिको लगाव, अभिरुचि, साहित्यिक चिन्तन र साहित्यको अध्ययनले मेरो राजनीतिक यात्रालाई पनि सहज बनाइरहेको महसुस मैले हरेक पल गर्दै आइरहेको छु । त्यसैले झट्ट हेर्दा फरक धारका लाग्ने यी दुई विधा— साहित्य र राजनीति मेरो जीवनमा भने एकार्काका परिपूरक बन्दै आइरहेका छन् । राजनीतिमा म स्वतन्त्रता र साहित्यमा स्वच्छन्दता रुचाउँछु ।’

KFC Island Ad
Dabur Nepal
NIC Asia

विश्लेषणात्मक आलेखहरूमा अनेक तर्क प्रस्तुत गर्ने कवि पराजुलीले चतुश्पदीय मुक्तकलाई आफ्नो भाव अभिव्यक्तिको माध्यम बनाएका छन् ।  एउटा मुक्तकमा उनले लेखेका छन्–
गजब छ यो जिन्दगी, खै के कस्तो बयान गरूँ
तथाकथित इज्जतको त म के गुणगान गरूँ 
डराई डराई बिताउनुपर्ने जीवन कसैको नहोस्
आँट हराएको त्रसित जीवनको कसरी सम्मान गरूँ !
(पृष्ठ ११)

राजनीतिमा सक्रिय शोभाकरको साहित्यिक सक्रियता पनि निरन्तर छ । सोही सक्रियताले उनको यो कृतिले आकार पाएको हो ।

Royal Enfield Island Ad

कसैको हुन नसक्नु र गुमाउन पनि नसक्नु
खुसी हो कि पीडा, छुट्ट्याउन पनि नसक्नु 
अत्यधिक खुसी भनौँ त सम्हालिसक्नु छैन 
पीडा हो भनूँ भने अर्थ बुझाउन पनि नसक्नु ।
(पृष्ठ ४२)

११६ वटा मुक्तकहरू समावेश गरिएको यो कृति समीन कोइरालाले प्रकाशित गरेकी हुन् । १२४+४ पृष्ठको पुस्तकको मूल्य २५०– रुपैयाँ राखिएको छ ।

०००

मनबहादुर 
(उपन्यास : मदन घिमिरे)
‘मनबहादुर’ चलचित्रकर्ममा लामो समय खर्चिएका निर्देशक मदन घिमिरेको पहिलो उपन्यास हो । यो कृति केही महिनाअघि सार्वजनिक गरिएको थियो । प्रारम्भमा पत्रकारितामा संलग्न घिमिरे पछि चलचित्र निर्देशनतर्फ आकर्षित भए । केही नेपाली फिल्महरू निर्देशन गरे ।

आफ्नो लेखकीय मन्तव्यमा उनी भन्छन्, ‘...एउटै भूगोलभित्र बस्ने मान्छेहरूको भिडमा छुट्टै पहिचान र भिन्न परिचयको थालनी हो, मनबहादुर । मनबहादुर अनेकौँ मनबहादुरहरूको प्रतिनिधि पात्र हो, जो सधैँ आफ्नो काम र कर्ममा एकनास जुटिरहन्छ ।’

उपन्यासको भूमिकामा साहित्यकार धु्रव मधिकर्मी लेख्छन्, ‘प्रस्तुत उपन्यासको कथा भक्तपुरको सिपाडोल, तिथली, वंशगोपाल र घ्याम्पेडाँडा आदि ठाउँको वरिपरि घुमेको छ । ग्रामीण समाजमा हुर्केको व्यक्तिको चरित्र र त्यसले आफू बसेको ठाउँमा सबैप्रति देखाएको सहृदयता, सहयोग र आत्मीयताले एकले अर्कोलाई कति अपनत्वपूर्वक व्यवहार गर्छ भन्ने देखाएको छ ।...।’

‘आमाको माया’, ‘घर संसार’, ‘कस्तो साइनो’, ‘माया नमार’, ‘भागी भागी नजाऊ’सहित दुई दर्जन बढी चलचित्रको निर्देशन गरिसकेका मदनले यस उपन्यासमा पनि सामाजिक कथावस्तु पस्केका छन् ।

मनोज घिमिरेले प्रकाशित गरेको १२६+४ पृष्ठको उपन्यासको मूल्य २५०– रुपैयाँ राखिएको छ । 

०००

जिन्दगी नै कहानी हो 
(आत्मकथा : डा. कृष्ण जङ्ग राणा)
गीत, गजल, कवितामा निरन्तर कलम चलाउने व्यक्ति हुन्, डा. कृष्ण जङ्ग राणा । पेसाले चिकित्सक राणाको आत्मकथा केही महिनाअघि प्रकाशित भएको छ । डा. राणाले पुस्तकको नाम राखेका छन्, ‘जिन्दगी एक कहानी हो’ ।

चिकित्सा पेसामा लामो कालखण्ड बिताएका उनले प्रारम्भमा मुलुकका विभिन्न अस्पतालमा रही सेवा गरे । त्यसपछि मलेरिया विशेषज्ञ हुँदै विश्व स्वास्थ्य संगठनमा उनी सेवारत रहे ।

लेखकीय मन्तव्यमा डा. राणा उल्लेख गर्छन्, ‘यो ९० वर्षको उमेरमा आएर अतीतलाई सम्झनुको मज्जा र कष्टपूर्ण दुवै छ । मैले जीवनका धेरै उकाली ओराली बिर्सिसकेँ । केही–केही कुराहरू मात्र यतिखेर सम्झनामा बाँकी छन् । मेरो सामर्थ्यमा यदि हुन्थ्यो भने म मेरो २० वर्षे उमेरमा फर्किएर जीवनका सबै उकाली ओराली लिपिबद्ध गर्दो हुँ । अफसोस ! यस्तो सम्भव छैन ।’

नेपालगन्जमा जन्मिएका कृष्ण जङ्ग, जंगबहादुर राणाका खनाती हुन् । जगत जङ्गका सन्तानलाई देशनिकाला गरेपछि नेपालबाट भागेर उनका हजुरबुवा भारतको अयोध्या पुगे । पछि नेपालगन्जमा आएर बसोबास गर्न थाले । र, त्यहीँ कृष्ण जङ्गको जन्म भयो ।

चिकित्सा पेसा, साहित्य लेखनका साथै समाजसेवामा पनि उनको सक्रियता निरन्तर छ । उनी थुप्रै संघ–संस्थाहरूमा समेत आबद्ध छन् ।

घोस्ट राइटिङ नेपालले प्रकाशित गरेको २५२+४ पृष्ठको यस पुस्तकको मूल्य ३५०– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro