site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर लगानीकर्ता र उद्योगीको नजरमा कस्तो छ मौद्रिक नीति ?
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारी ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । 

चौतर्फी दबाबका बीच सार्वजनिक भएको मौद्रिक नीतिप्रति सेयर लगानीर्ता र उद्योगीहरूले भने मिश्रित प्रतिक्रिया दिएका छन् । 

अघिल्ला वर्षहरूको मौद्रिक नीतिभन्दा यो मौद्रिक नीतिले समग्रमा सबैलाई सन्तुलित रूपमा समेटेको उनीहरूको प्रतिक्रिया छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले केही हदसम्म आफूहरूले दिएका सुझावलाई समेटेको उनीहरूले बतएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, बैंक ब्याजदर बढ्दा केही हदसम्म समस्या पर्ने उद्योगीहरूको गुनासो छ ।

यसले उद्योग व्यवसायलाई प्रत्यक्ष रूपमा प्रभाव पर्ने नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कम्लेस अग्रवालले बताए । यो बाहेक अरू केही बुँदाहरू कडाइका साथ आएका भएपनि समग्रमा देशको आर्थिक अवस्थालाई सन्तुलन राख्ने किसिमको मौद्रिक नीति यो वर्ष आएको उनको भनाइ छ ।

Royal Enfield Island Ad

यसअघि बैंकदर ७ प्रतिशत कायम गरिएको थियो । तर, चालु अवको मौद्रिक नीतिबाट बढाएर बैंकदर साढे आठ प्रतिशत पुर्‍याइएको छ । यो आर्थिक वर्षमा बैंकको ब्याजदर बढ्ने र सहज रूपमा कर्जा पाउन समस्या पर्ने अग्रवालको भनाइ छ ।

त्यस्तै, सेयर लगानीकर्ताले माग गर्दै आएको ४/१२ को नीतिमा हेरफेर गरिएको छ । राष्ट्र बैंकले एक बैंकबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड सेयर धितोकर्जा लिने व्यवस्थालाई पनि परिमार्जन गरेको छ । 

यो नीतिलाई परिमार्जन गरेर राष्ट्र बैंकले एक बैंक तथा समग्र बैंकिङ प्रणालीबाट १२ करोड सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ । 

यो व्यवस्था राम्रो भएपनि अब जारी हुने सर्कुलरमा एक परिवारबाट एक जनाले मात्र लिन पाउने व्यवस्था गर्न नहुने सेयर लगानीकर्ता नयनसिंह बास्तोलाले बताए । अहिलेको मौद्रिक नीतिले पूँजीबजारलाई त्यति नकसेको भएपनि अब बन्ने सकुलर पनि पूँजीबजार मैत्री आउनुपर्ने बास्तोलाको भनाइ छ । 

राष्ट्र बैैंकले सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गर्ने घोषणा गरेको छ । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने पनि बताइएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था मिलाइने पनि जानकारी दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाले घर÷जग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फायर मार्केट कर्जाबीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने मौद्रिक नीतिमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro