site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार १४ अंकले बढ्यो, तीन कम्पनीको सेयर मूल्यमा ‘सर्किट ब्रेक’

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार १४ अंकले बढेको छ । बजार परिसूचक १४.११ अंकले बढेको हो । समग्र बजार मापक परिसूचक २६२६.३१ विन्दुमा कायम छ ।

यस दिन बजारसँगै १६७ कम्पनीको सेयर मूल्य बढेको छ । ७१ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

Dabur Nepal
NIC Asia

आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, समुदायिक लघुवित्तको सेयर मूल्य सकारात्मक ‘सर्किट लेभल’मा कारोबार भएको छ । ङादी हाइड्रो,  सप्तकोसी विकास बैंक, धौलागिरि लघुवित्त, जोशी हाइड्रो उच्च कमाउने शीर्ष स्थानमा रहे ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैयाँबराबरको एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

समूहगत उपसूचकतर्फ म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ २.३२ र टे«डिङ ०.४५ प्रतिशतले घट्दा बाँकी ११ समूहको सेयर मूल्य बढेको छ । समूहतर्फ सबैभन्दा बढी विकास बैंकको सेयर मूल्य बढेको छ । विकास बैंक समूह १.७५ र फाइनान्स समूह १.६२ प्रतिशतले बढेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro