site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण नहोस्’

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । शुक्रवार संसद बैठकमा सांसद पौडेलले वास्तविक नेपालीले नागरिकता पाउनुपर्ने तर भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताएकी हुन् । 

सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताइन् । उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावधान हटाइ सात वर्षको समयावधी नराखिए राष्ट्रियतामा दूरगामी असर पर्ने दाबी गरिन् । 

सांसद पौडेलले अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने भन्दै कुनै पनि देशले आफ्नो भौगोलिक तथा सिमानाको अवस्थाको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने बताइन् । 

बुबा र आमा दुबै वंशजका छन् भने त्यस्तो नागरिकले मात्रै वंशजको आधारमा नागरिकता पाउनुपर्ने पौडेलको धारणा छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro