site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चौथो लहरको संकेत देखियो, बुस्टर डोजमा जोड दिऔँ : डा. शेरबहादुर पुन (भिडियोवार्ता)

काठमाडौं । असारयता नेपालमा कोभिड १९ संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ । साउनका ५ दिनमा मा एक हजार ७७४ जनामा संक्रमण पुष्टि भएको छ । दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो समय भारत, अमेरिकासहित धेरै मुलुकमा फैलिरहेको ओमिक्रोनको सब भेरियन्ट बीए.५ नेपालमा पनि दुई जनामा पुष्टि भइसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो समय संक्रमणको कुन भेरियन्टका कारण फैलिरहेको छ भन्ने पहिचान गर्न नियमित जिन सिक्वेन्सिङ गरिरहेको जनाएको छ ।

दैनिक संक्रमितको संख्या हेर्दा संक्रमण दर अझै उकालो लाग्ने विज्ञहरूले आकलन गरेका छन् ।

जनस्तरमा स्वास्थ्यका मापदण्ड अपनाउन छोडिएका कारण संक्रमणको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पटक पटक सतर्क गराइरहेको छ ।

तीन पटकको संक्रमणको लहर भोगिसकेका नागरिकमा फेरि चौँथो लहर आएर बन्दाबन्दीको अवस्था निम्तिने हो कि भन्ने त्रास बढेको छ । यो अवस्थामा अहिलेको संक्रमण दरले फेरि उच्च रूप लिन सक्ला ? चौँथो लहर निम्तिन नदिन पहिलेकैजस्ता जनस्वास्थ्यका मापदण्ड अपनाउने वा खोपमा जोड दिने ?

प्रस्तुत छ, यिनै विविध सन्दर्भमा बाह्रखरीकी अस्मिता रिजालले वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरेको भिडियो कुराकानी :

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro