site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लैङ्गिक अल्पसङ्ख्यकको चरित्रहत्या गर्ने ट्याक्सी चालक पक्राउ
सांकेतिक तस्बिर ।

काठमाडाैं । लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भइ काठमाडौँ बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो ।

उनीमाथि बिहीकार अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।

उनले नक्कली फेसबुक एकाउन्टबाट ती व्यक्तिको फोटो राखी म्यासेन्जरमार्फत उनका साथीहरूसँग कुराकानी गरी पैसासमेत मागेको खुलेको छ । उनले पीडितको बारेमा अफवाहसमेत फैलाएको पाइएको ब्युरोले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  २३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro