देश
काठमाडौं । नेपाल ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति 'बीएफ.वान' भेटिएको छ ।
धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनाेमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो ।
पीसीआर परीक्षणमार्फत काेभिड-१९ संक्रमण पुष्टि भएका २२ वटा नमुनाकाे जिन सिक्वेन्सिङ गर्दा दुईजनामा साे उपप्रजाति भेटिएकाे ल्याबका एक कर्मचारीले बताए ।
गत जुनदेखि युराेपियन देशहरूमा फैलिईरहेकाे ‘बीएफ.वान’ नेपालमा भने पहिलाेपटक देखिएकाे हाे । तीव्र संक्रामक मानिएकाे याे उपप्रजातिलाई विश्व स्वास्थ्य संगठनले 'भेरियन्ट अफ कन्सर्न' मा राखेकाे छ ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ २३:०४
प्रतिक्रिया दिनुहोस्