site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुम्लिङटारमा बस र माइक्रो ठोक्किँदा १६ जना घाइते

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र माइक्रो गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् । बिहीबार अपराह्न काठमाडौंबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको माइक्रो इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएका हुन् ।

दुवै सवारी साधनमा सवार यात्रुहरूका उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने माइक्रोका चालक घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro