site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भलिबल संघको निर्वाचन भदौ २२ गते हुने

काठमाडौं । नेपाल भलिबल संघको निर्वाचन भदौ २२ गते हुने भएको छ । आज भक्तपुरमा जारी भलिबल संघ कार्यसमितिको पूर्ण बैठकले निर्वाचन भदौ २२ गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए । 

‘‘संघको चुनाव भदौ २२ गतेका लागि तय भएको छ । अहिलेलाई यति भनौँ,’’ संघका एक पदाधिकारीले भने । 

कार्यकाल सकिएको झण्डै दुई वर्ष बितिसक्दा पनि कोभिड–१९ तथा नयाँ खेलकुद ऐनका कारण संघको नयाँ निर्वाचन हुन सकेको थिएन । संघको निर्वाचनमा अहिलेकी उपाध्यक्ष निरोज मास्केले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरिसकेकी छिन् । संघमा अहिलेसम्म अन्यले अध्यक्ष पदका लागि उमेदवारी घोषणा गरिसकेका छैनन् । 

संघमा आवद्ध ७७ जिल्ला र ६ प्रदेशको निर्वाचन सकिसकेको छ । विवादका कारण वाग्मती प्रदेशको निर्वाचन भने हुन सकेको छैन  । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro