site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्नपूर्ण केबलकारको मनसुन अफर, २० प्रतिशतसम्म छुट 
KFC Island Ad
Dabur Nepal
NIC Asia

पोखरा । पोखराको अन्नपूर्ण केवलकारको नियमित मर्मत तथा सम्भार पश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगावै मिति साउन  ६ गते देखि संचालनमा आउने भएको छ । केबुलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुको लागि साउन ६ गते देखि भदौ ३१ गतेसम्म २० प्रतिशत छुट दिने भएको छ । 

पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटमा श्रावण महिनामा कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरवारसम्मको पैदल यात्रा गर्न सकिनेछ । 
साथै अन्नपूर्ण हिमाल,  माछापुच्छ«े हिमाल, धवलागिरी हिमालका श्रृखलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै  सुबिधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफि सप, रेष्टुरेन्टबाट चारै तर्पmको आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङको समेत साहसिक अनुभव  लिन सकिनेछ । 
साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ । 
पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुहरुको सुविधाको लागि लेकसाईड देखि केवलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरेको छ । केवलकार बिहान ९ः०० बजे देखि सांझ ६ः०० बजे सम्म नियमित रुपमा संचालन हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro