site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा हैजाको महामारी, महानगर भन्छ– सात दिनसम्म घरभित्रै फोहोर राख्नू

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाले महामारीको रूप लिइरहँदा काठमाडौं महानगरपालिकाले भने एक सातासम्म फोहोर नउठाउने सार्वजनिक सूचना जारी गरेको छ । बन्चरेडाँडा जाने सिसडोलस्थित सडक निर्माणकार्य भइरहेकाले फोहोर उठाउन नसकिने महागरले जनाएको हो ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत बन्चरेडाँडा ल्यान्डफिल साइट आयोजनाले फोहोरका सवारीसाधन कम्तीमा एक सातासम्म नपठाउन आग्रह गरेपछि महानगरले फोहोर नउठाउने सूचना जारी गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

महानगरको सूचनामा घरबाट निस्किने कुहिने र नकुहिने फोहोर एक सातासम्म घरभित्रै राख्न भनिएको छ ।

महानगरले यही साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्ट्याउने नीति लिएको छ ।

यता, साउन ४ गतेसम्म काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३४ पुगेको छ । तीन हैजा संक्रमित अहिले पनि अस्पतालमा उपचाररत छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकानुसार उपत्यकाका तीन जिल्लाका ११ पालिकामा हैजाको संक्रमण देखिएको छ ।  महाशाखाले काठमाडौंका धारा, इनार, ट्युबेलसँगै प्रशोधित पानीमा पनि हैजा फैलाउने जीवाणु फेलापरेको भन्दै जुनसुकै स्रोतको पानी भए पनि उमालेर मात्र प्रयोग गर्न बारम्बार आग्रह गर्दै आएको छ ।

डेढ महिनाअघि काठमाडौंमा थुप्रिएको फोहोर लामो समयसम्म नउठाइँदा वर्षासँगै बगेर छरिएको थियो । लामो समयसम्म फोहोर नउठाइँदा त्यसबाट निस्कने लिचड पानीका स्रोतहरूमा मिसिई हैजा संक्रमण देखिएको विज्ञहरूको दाबी छ ।

यस्तै, फोहोरमा बसेका झिँगा, साङ्लालगायत किरा खानेकुरामा बस्नपुग्दा त्यसले अरू संक्रामक रोगहरू पनि निम्त्याउने सम्भावना उच्च रहेको संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् । हैजा, झाडापखालालगायत संक्रामक रोगबाट बच्न फोहोर व्यवस्थापन पनि प्रमुख चुनौती रहेको उनले उल्लेख गरे ।

फोहोर छुट्ट्याउने महानगरको नीतिअनुसार घरका कोठा–कोठामा कुहिने र नकुहिने फोहोर छुट्ट्याउन थालिएको छ । तर, छुट्ट्याएको फोहोर दुई दिनमै गनाउने, कोठाभित्र राख्न असहज हुने, प्लास्टिकमा पोको पारेर राख्नुको विकल्प नरहेको नागरिकको गुनासो छ ।

फोहोर छुट्ट्याउने नीति लिएइ पनि समयमै फोहोर उठाउन नसकिएको महानगर वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राई बताउँछिन् ।

फोहोर नउठाइने र घरका कोठा–कोठामा पनि राख्ने सक्ने स्थिति नहुँदा उपत्यकावासीले चोक–चोकमा फोहोर थुपार्ने गर्छन् । करिब एक साताअघिदेखि सडकका कारण फोहोर उठाउन व्यवधान भएको छ ।

बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठ सडक निर्माण भइरहेको बेलामा आम नागरिकले बुझिदिनुपर्ने बताउँछन् । “सडक निर्माण भइरहेको छ । यस्तो परिस्थितिमा सबैले बुझिदिनैपर्छ,” उनले भने ।

एक सातासम्मका लागि सकेसम्म घरभित्रै फोहोर राख्न आम नागरिकलाई भनिएको महानगरपालिकाका प्रवक्ता मानन्धर बताउँछन् । “फोहोर विसर्जनस्थल बन्चरेडाँडाको सडक बन्नु सबैका लागि राम्रो पक्ष हो । एक सातामै सडक बनेपछि फोहोर उठिहाल्छ । त्यति बेलासम्मका लागि नागरिक जिम्मेवार बनिदिनुपर्‍यो भनेर अपिल गरेका मात्रै हौँ,” उनले भने ।

काठमाडौं उपत्यकामा हैजा फैलिरहेकाले पनि आफूहरूले घरबाटै सार्वजनिकस्थलमा फोहोर नफालिदिन आग्रह गरेको मानन्धरले बताए ।

उनका अनुसार टेकुको ट्रान्सफर स्टेसनमा पनि फोहोर राख्ने ठाउँ छैन । केही दिनअघि संकलन गरेर फोहोर प्लास्टिकले छोपेर राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro