site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२औँ कृति अवार्ड भदौमा

काठमाडौं । नेपाली विज्ञापन क्षेत्रको सबैभन्दा ठूलो अवार्ड समारोह ‘कृति अवार्डस्’को १२औँ संस्करण आउँदो भदौमा हुने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी यस्तो जानकारी गराइएको हो ।

आन (एडभरटाइजिङ एसोसिएसन अफ नेपाल)ले विगत १२ वर्षदेखि उक्त अवार्ड समारोह आयोजना गदै आएको छ । १२औँ संस्करणको मुख्य प्रायोजकमा हिमालयन डिस्टिलरी लिमिटेडको गोल्डेन ओक ब्रान्ड जोडिएको छ ।

कार्यक्रममा आयोजक आनका अध्यक्ष सोम धितालले कृति अवार्ड विज्ञापन सिर्जनालाई सम्मानार्थ दिइने अवार्ड रहेको बताए । “कृति अवार्ड विज्ञापन सिर्जनाको सम्मानार्थ दिने अवार्ड हो । २०६० सालमा सुरु गर्दै आजको दिनसम्म आउँदा धेरै सहयोगी हातहरू हाम्रो साथमा रहनुभयो । जहाँ विज्ञापन दातादेखि सञ्चारमाध्यम र सरकारको साथ रहयो,” उनले भने, “यसलाई महत्त्वको रूपमा अगाडि बढाउन तपाईंहरूको हात हामीलाई जरुरी छ ।”

उक्त अवार्ड समारोह कोरोना महामारीका कारण विगत दुई वर्ष स्थगित गरिएको थियो । १२औँ संस्करण भदौ २६ गते आयोजना हुने आनका अध्यक्ष धितालले घोषणा गरे ।

‘गोल्डेन ओक १२औँ कृति अवार्डस्’मा ०७६ वैशाख १ गतेदेखि ०७८ चैत मसान्तसम्म प्रकाशित र प्रशारित विज्ञापनहरूलाई समावेश गरिनेछ । आनका सदस्य एजेन्सीहरूले यही साउन ५ देखि भदौ ४ गतेसम्म मनोनयन दर्ता गराउन सकिने आनले जनाएको छ ।

अवार्ड वितरण समारोहमा विभिन्न ३१ विधामा पुरस्कृत गरिनेछ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro