site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा राष्ट्रपतीय निर्वाचनको मतगणना सुरु, मुर्मुको विजयोत्सवको तयारी 
द्रौपदी मुर्मु ।

नयाँ दिल्ली । भारतको १५औँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना कार्य सुरु गरिएको छ । बिहीबार बिहान ११ बजेदेखि संसद् भवनको ६३ नम्बर कोठामा मतगणना थालिएको हो ।

मतगणना सकिएलगत्तै नतिजा सार्वजनिक गरिने द इकोनोमिक टाइम्सले जनाएको छ ।

यही जुलाई १८ मा बिहान १० देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।
सत्तारूढ गठबन्धन एनडीएबाट द्रौपदी मुर्मु र विपक्षी दल त्रिणामुुल कांग्रेसबाट यशवंत सिन्हा प्रतिस्पर्धामा छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुर्मु विजयी हुने सम्भावना बलियो छ । उनी निर्वाचित भए देशको शीर्ष संवैधानिक पदमा पुग्ने पहिलो आदिवासी महिला हुनेछिन् ।

यता, भारतीय जनता पार्टी (भाजपा)ले अभिनन्दनयात्रा गर्दै छ । बिहीबार राष्ट्रिय राजधानीमा एक रोड शो अभिनन्दनयात्रा गर्न लागिएको हो । जसमा राष्ट्रपति पदका उमेदवार मुर्मुको सम्भावित विजयको उत्सव मनाउन लागिएको हो ।

मुर्मुको जन्मथलो ओडिसाको अपरबेडा गाउँमा पनि विजयोत्सव मनाउने तयारी छ ।

निर्वाचन आयोगका अनुसार गएको सोमबार भएको मतदानमा कुल मतदातामध्ये ९९ प्रतिशतभन्दा बढीले आफ्नो मत खसालेका थिए । भाजपाका सांसद सन्नी देओल र सञ्जय धोत्रेलगायत आठ सांसद भने मतदानमा सहभागी भएनन् । द इकोनोमिक टाइम्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro