site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फा कार्यसमितिको बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक स्थगित गरिएको छ । बिहीबार ललितपुरस्थित एन्फा मुख्यालयमा बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित गरिएको हो ।

वर्तमान कार्यसमितिको दोस्रो बैठकमा विभिन्न १८ एजेन्डा तय थिए । एन्फा मुख्यालयमा बिहान ७ बजे बैठक बस्ने भनिए पनि ढिलो गरी सुरु भएको थियो । तर, बैठक एजेन्डामा प्रवेशै नगरी स्थगित गरिएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।

यसअघि, गएको सोमबारका लागि बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित गरिएको थियो ।

एन्फा निर्वाचनपछि पदाधिकारकिो शपथग्रहणलगत्तै बसेको पहिलो बैठकले विवादास्पद रूपमा केही महत्त्वपूर्ण निर्णय गरेपछि नेतृत्वको आलोचना भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro