site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसियन गेम्समा स्वर्णपदक जित्नेलाई ३२ लाख ५० हजार

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एसियन गेममा स्वर्णपदक जित्ने खेलाडीलाई ३२ लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गर्ने बताएका छन् । 

चीनमा आयोजना हुने १९औं एसियन गेम्सको पहिलो चरणको प्रशिक्षण पूरा गरेका खेलाडीका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका अवसरमा मन्त्री गहतराजले स्वर्णपदक जित्ने खेलाडीलाई ३२ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने बताएका हुन् । त्यस्तै, एसियन गेम्समा रजतपदक जित्ने खेलाडीलाई १९ लाख ५० हजार र कास्यपदक जित्नेलाई १३ लाख रुपैयाँसहित सम्मान गर्ने बताएका छन् । उनले अन्य प्रतियोगिताका लागि पनि त्यही अनुरुपमा पुरस्कार प्राप्त गर्न सक्ने बताए ।

‘‘खेलाडीको मनोबल बढाउने उद्देश्यले पुरस्कार सम्मान बढाउनेतर्फ अग्रसर छौं । राष्ट्रबाट प्रदान गरिने पदकहरु खेलाडी र प्रशिक्षकहरूले प्राप्त गर्ने आधार तयार गरिने र खेलाडीले आगामी दिनमा पदक हासिल गरेबापत कसैको निगाहबाट नभई कानुनी प्रावधान बनाएर पुरस्कार राशीको निर्धारण गरिनेछ,’’ मन्त्री गहतराजले भने ।  

मन्त्री गहतराजले बुधबार साँझ आयोजना गरिएको कार्यक्रममा पनि सिंहदरबारभित्र बस्नेले खेलकुदको महत्व नबुझेको दोहोर्याए । उनले भने, ‘‘सिंहदरवार भित्र बस्नेले खेल वुझेका छैनन् । खेल एक विज्ञान हो । त्यसैले खेल शिक्षामा परिवर्तन गर्दै विद्यालय स्तरबाट नै खेलकुदलाई विकास गर्नु पर्छ । र, सिंहदरवारभित्र बस्नेलाई खेलको बारेमा राम्रोसँग बुझाउनु पर्छ ।’’

मन्त्री गहतराजले यसअघि अखिल नेपाल फुटबल संघको चुनावी साधारणसभाको उद्घाटन कार्यक्रममा पनि सिंहदरवार भित्र बस्नेहरूले खेलकुदको महत्व नबुझेको बताएका थिए । मन्त्री गहतराजले खेल विश्वविद्यालयको स्थापना गर्दै खेलाडी उत्पादन गर्नेतर्फ सोच अगाडि बढेको बताए । खेल विकासका लागि सातै प्रदेशमा अन्तर्राष्ट्रिय खेल मैदान बनाउने सोचले आगाडि बढेको र भएका पूर्वाधारलाई प्राथमिकताका साथ अगाडि बढाउने लक्ष रहेको बताए ।

कोभिड–१९ महामारीका कारण स्थगित भएको प्रतियोगिताका लागि ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले मंगलबार २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुने नयाँ मिति तय गरेको छ । 

यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म हुने तालिका थियो । तर, चीनमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि गत मेमा प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरिएको थियो । नेपालले एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । त्यसका लागि नेपालले पहिलो चरणको विशेष प्रशिक्षण समेत गरिसकेको छ ।

नेपालबाट तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले सहभागिता जनाउने छन् ।

मन्त्री गहतराजले तयारीका लागि एक वर्ष समय भएको र त्यो नेपाललाई तयारी गर्ने सुखद अवसर भएको बताए । उनले सुखद नतिजाका लागि विनियोजित तयारी बजेटलाई बढाउन सकिने उनले बताए । 

एसियन गेम्सका लागि एक महिनाको पहिलो चरणको प्रशिक्षण कार्यक्रम सकिएको छ । दोस्रो चरणको प्रशिक्षण कार्यक्रम हुने नहुनेबारे अन्योल छ । तथापि, पदाधिकारीले चाँडै दोस्रो चरणको प्रशिक्षण कार्यक्रम पनि सुरु हुने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro