site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरीमा डुबेर बुवा–छोरीको मृत्यु
Argakhachi Cement Island Ad

स्याङ्जा । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुवा बिन्द्र पनि डुबेका थिए । तत्काल उद्धार गरी वालिङस्थित प्राथमिक अस्पतालमा पुर्याइएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको थिए । रासस

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०८:१६
प्रतिक्रिया दिनुहोस्