site stats
बाह्रखरी :: Baahrakhari
देश
ठोरी र आसपासमा भारी वर्षा, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह
प्रतीकात्मक तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । पर्साको ठोरी र आसपास क्षेत्रमा भारी वर्षा भएको छ । आज बिहान ६ बजे गरिएको वर्षा मापनमा पछिल्लो १ घण्टादेखि उक्त क्षेत्रमा अतिभारी वर्षा भएको हो । 

उक्त क्षेत्र र आसपास भएर बहने साना खोलामा आकस्मिक बाढी आउनुका साथै पर्सा जिल्लाको डुवान भइरहने होचा स्थानमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०७:४६
प्रतिक्रिया दिनुहोस्