site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुडानको जातीय दंगामा १०५ जनाको मृत्यु 

खार्तोम । दक्षिणी सुडानको ब्ल्यू नाइल स्टेटका स्थानीय प्रशासनले केही दिनदेखि भूमि कब्जा गर्ने निहुँमा भइरहेको जातीय भिडन्तमा १०५ जना मानिसको ज्यान गइसकेको जनाएको छ । 

राज्यको स्वास्थ्य मन्त्रीले स्थिति अहिले नियन्त्रणमा आइसकेको भएपनि विस्थापितहरूको समस्या ठूलो चुनौतीको रूपमा रहेको फ्रेन्च समाचार निकायलाई बताएका छन् । 

संयुक्त राष्ट्र संघले भिडन्तका कारण ब्ल्यू नाइलस्थित आफ्ना घर छाडेर भाग्न बाध्य करिब १५ हजार व्यक्तिमध्ये अधिकांशले अहिले विद्यालयहरूमा आश्रय लिएर बसेको जनाएको छ । 

संयुक्त राष्ट्रसंघले अहिले सुडानभरिका १ करोड ४० लाख भन्दा बढी मानिसलाई बाँच्नका लागि आधारभूत सहयोगको जरुरी रहेको पनि जनाएको छ । 

ब्ल्यू नाइलको हिंसाको कारण सुडानका सम्पूर्ण सहरमा विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकै कारण यसै साताको सुरुमा दुईवटा सहरमा कफ्र्यू लाउनु परेको थियो ।  

बीबीसीबाट । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro