site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय तथ्य जाँचकर्ता जुबेरलाई जमानत प्राप्त 
फाइल तस्बिर ।

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले चर्चित तथ्य जाँचकर्ता तथा पत्रकार मोहमद जुबेरलाई अन्तरिम जमानत प्रदान गरेको छ । 

जुबेरले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता नुपुर शर्माले मुस्लिमको आस्थाको प्रतीक पैगम्बर मोहमदको बारेमा प्रकट गरेको विवादास्पद विचारलाई प्रचार प्रसार गरेका थिए । 

सर्वोच्च अदालतले बुधवार जुबेरलाई तत्काल रिहा गर्न आदेश दिँदै उनलाई हिरासतमा राखिराख्नु न्यायसंगत नभएको बताएको छ । 

गत जुनको उत्तरार्धमा एउटा ट्विट गरेकै कारण पक्राउ परेयता जुबेरले कारागार र अदालतमा समय बिताउँदै आएका छन् । थप अभियोगहरू लगाइने क्रममा अनुसन्धानका लागि प्रहरीले उनलाई नेपाल र भारतको सिमाना नजिकको विकट गाउँमा पनि लगेको थियो । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro