site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसले गुगललाई ३७ करोड ७० लाख डलर जरिवाना तिराउने 

मस्को । रुसको एक अदालतले निषेधित सामग्रीमाथि नियन्त्रण गर्न नसकेको भन्दै गुगललाई ३७ करोड ७० लाख अमेरिकी डलर जरिवाना तोकेको छ । 

रुसको नियामक निकायले गुगलले गल्ती गरेकाे उदाहरण दिँदै युक्रेनमा भइरहेको विशेष सैनिक अभियानका बारेमा झुटा खबर सम्प्रेषण गरेको जनाएको छ ।

यस्तै घटनालाई लिएर सन् २०२१ को डिसेम्बरमा पनि रुसले गुगलमाथि १० करोड डलर जरिवाना तिराउने निर्णय गरेको थियो । 

रुसी सञ्चार नियामक रोस्कोम्नाद्जोरको प्रेस विज्ञप्तिमा गुगलको स्वामित्वमा रहेको युट्युबले त्यस्ता झुटा खबरहरू नरोकेको उल्लेख गरिएको छ । 

सन् २०२१ को डिसेम्वरमा रुसी सरकारले फेसबुक र इन्स्टाग्रामलाई पनि त्यस्तै कारण देखाई करिब २ करोड ७० लाख डलर जरिवाना तोकेको थियो । यसैगरी रुसको एक अदालतले २०२१ को मेमा आफ्नो प्लेटफर्ममा अनावश्यक र झुटा सामग्री सेन्सर गर्न असफल रहेको भन्दै टिकटकमाथि पनि करिब २० हजार डलर जरिवाना तिराउने निर्णय गरेको थियो । 

गत मार्चमा क्रेमलिनले फेसबुक ब्लक गरेको थियो । तर, रुसमा गुगलमाथि प्रतिबन्ध लगाइएको छैन । करिब चार महिनाअघि मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको आक्रमणको विरोध कार्यलाई अपराध करार गर्ने कानुनमा हस्ताक्षर गरेका थिए ।    

बिजनेस इन्साइडरबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro