site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्च अदालत जनकपुरमा ४९ प्रतिशत मुद्दा फर्छ्याेट

जनकपुरधाम । उच्च अदालत जनकपुरमा दर्ता भएको कुल मुद्दाको ४९ प्रतिशत फर्छ्याेट भएको छ । बुधबार अदालतले पत्रकार सम्मेलन गरी वार्षिक प्रगति विवरण सार्वजनिक गरेकाे हाे । 

सो विवरण अनुसार अदालतमा आर्थिक वर्ष ०७८/७९ मा चार हजार ७२४ मुद्दा फर्छ्याेट गर्ने जिम्मेवारी आएको थियो । जसमध्ये दुई हजार ३२२ अर्थात् ४९.१५ प्रतिशत मुद्दा फर्छ्याेट भएको अदालतका स्रेस्तादार खड्गराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार सो आर्थिक वर्षमा दुई हजार २५८ वटा नयाँ र अघिल्लो वर्षबाट सरेर आएको दुई हजार ४६६ मुद्दा थियो । गत आर्थिक वर्षमा दुई हजार ४०२ मुद्दा अर्थात्् ५०.८५ प्रतिशत फर्छ्याेट हुन बाँकी रहेको छ । सो मुद्दाको जिम्मेवारी ०७९/८० को लागि सरेको छ ।

अदालतले मुद्दालाई चार वर्गमा विभाजन गरेकाे छ । जसअनुसार गत आर्थिक वर्षमा एक हजार ५३७ विशेष, एक हजार २२२ सामान्य, एक हजार ३६ सरल र मार्ग समूहमा नपर्ने ९२९ मुद्दा दर्ता भएको थियो ।

अदालतमा दुई वर्ष नाघेको १७९ मुद्दा छन् । त्योभन्दा अघि दर्ता भएका मुद्दाहरू फर्छ्याेट भइसकेको छ । गत वर्ष अदालतमा दुई सय २२ थुनुवा मुद्दको जिम्मेवारी परेको थियो । जसमध्ये एक सय २९ फर्छ्याेट भएको र ९३ वटा चालु वर्षमा सरेर आएको छ ।

गत वर्ष १७ वटा मुद्दा मुलतवीमा रहेको थियो । मुलववीमा अघिलो वर्षबाट १६८ मुद्दा सरेर आएको थियो । हाल १८५ मुद्दा मुलतवीमा छन् । दश वटा मुद्दा मुलतवीबाट जागेका छन् भने १७५ जगाउन बाँकी छ ।

अदालतका मुख्य न्यायाधीश विनोद शर्माले कानुनी जटिलता र दरबन्दी अनुसार न्यायधिशको पदपूर्ति नहुँदा लक्ष्य पूरा नभएको बताए । पर्याप्त र दक्ष जनशक्ति पनि अभाव रहेको उनले स्पष्टीकरण दिए । भौतिक र स्रोत साधन अभावका कारण उद्देश्य पूरा गर्न कठिनाइ भएको उनको भनाइ छ । यद्यपि अदालतको जनशक्ति अनुसार काम सन्ताेषजनक भएको उनले बताए ।   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro