site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चन्द्रागिरि नगरपालिकाले नि:शुल्क प्लास्टिक झोला दिएर फोहोर संकलन गर्ने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले छुट्टाछुट्टै प्लास्टिकको झोलामा फोहोर संकलन गर्ने भएको छ ।

कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लास्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, निलो झोलामा फलाम र कवाडीजन्य फोहोर र पहेँलो झोलामा स्यानिटरी प्याड र डाइपरजन्य फोहोर राख्नेगरी छुट्याउने भएको हो । 

नगरपालिकाका मेयर प्रमुख घनश्याम गिरीको संयोजकत्वमा मंगलवार बसेको नगर कार्यपालिकाको बैठकले शून्य फोहोर अवधारणाअन्तर्गत फोहोर छुट्याउन आग्रह गरेको थियो ।

फोहोर छुट्याउने काम आजैदेखि कार्यान्वयनमा आएको र फोहोर छुट्याउन वडा कार्यालय तथा टोल सुधार समितिमार्फत वितरण गरिने नगरपालिकाले जनाएको छ । 

फोहोर छुट्याउन तोकिएका झोला वडा कार्यालय र टोल सुधार समितिबाट नि:शुल्क उपलब्ध हुने नगरपालिकाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro