site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, चम्पापुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार एक किशोरी घाइते भएकी छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्दै आएका ३० वर्षीय सुशील केसीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जनाइएको छ ।

घाइते भएकी १७ वर्षीया कुस्मा केसीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

आज बिहान करिब साढे ८ बजे ना५ख ९३५० नम्बरको बसले रा७प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारीसाधनसहित बस चालकलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेले  नियन्त्रणमा लिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro