देश
काठमाडौं । ४१ लाख ५५ हजार रुपैयाँसहित हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्साबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारणका २५ वर्षीय राकेश कुमार छन् ।
वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकस्थित सडक खण्डमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको मोटरसाइकल रोकी जाँच गर्दा सिटमुनी तथा ट्याङ्कीमा लुकाएर राखेको सो रकम फेला परेको हो ।
उनीविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ १५:३३
प्रतिक्रिया दिनुहोस्