site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 काठमाडौंमा मोटरसाइकल दुर्घटना, दुईजना घाइते 

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बूढानीलकण्ठ नगरपालिका १० बालुवाखानी हाकुपुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक लमजुङका ३७ वर्षीय सन्तोष गुरुङ र मोटरसाइकलमा पछाडि सवार उदयपुरका ३० वर्षीय राम कुमार राउत घाइते भएका छन् । 

उनीहरुको करुणा अस्पताल चुन्निखेलामा उपचार भइरहेको छ । घाइतेमध्ये चालक गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

साप्रेढुङगाबाट हाकुपुलतर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१० प ३४६३ नम्बरको मोटरसाइकल गएराति पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी प्रभाग कपनले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro