देश
काठमाडौं । डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । डुम्रे–बेँसीसहर सडकखण्ड अन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका– १, उदीपुरमा पहिरोका कारण आज बिहानैबाट उक्त सडकखण्ड अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा पोखरा–मनाङ चल्ने सवारी साधन प्रभावित भएका छन् ।
अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थान पानी परिरहेकाले संयमित भएर गति सिमित गर्दै सवारीसाधन चलाउन चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९ ०८:१३
प्रतिक्रिया दिनुहोस्