site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
जोरपाटीमा निस्किएको फोहोरा ‘मिथेन ग्यास’ भएको पुष्टि, के मा हुन्छ प्रयोग ?
SkywellSkywell

काठमाडौं । काठमाडौंको जोरपाटी चोकनजिक लेदो माटोसहितको पानीको फोहोरा मिथेन ग्यास भएको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले घरको बोरिङ खन्ने बेलामा निस्किएको फोहोरा मिथेन ग्यास भएको पुष्टि गरेको हो । 

विभागअन्तर्गत ग्यास शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार काठमाडौंको जमिनमुनि चट्टान नहुने हुँदा कुनै भागमा मिथेन ग्यास जम्मा भएर बसेको हुन्छ । “त्यसपछि कसैले त्यो ठाउँमा पानीको लागि डिलिङ गर्दा त्यस्तो फोहोरा निस्किन्छ । सानो प्वालबाट एकैपल्ट हाइप्रेसरमा बाहिर निस्किदा धेरै माथिसम्म निस्किने देखिन्छ । जोरपाटीमा पनि त्यही भएको हो,” श्रेष्ठले भने ।

Dabur Nepal
NIC Asia

विभागका अनुसार काठमाडौं उपत्यकामा निस्किने सबैतिरको ग्यास मिथेन ग्यास नै हो । प्रहरीका अनुसार अहिले पनि फोहोरा निस्किन रोकिएको छैन । जमिनमुनि कति ग्यास सञ्चित भएको छ भन्नेमा भर पर्ने उनले बताए । 

“मिथेन ग्यास कति बेला रोकिन्छ भनेर भन्न सकिँदैन । जमिनभित्रको ग्यास नसकुञ्जेलसम्म आइरहन्छ । सकिएपछि आफैँ बन्द हुन्छ । ग्यास निस्किरहेको बेलामा बन्द गर्ने उपाय केही पनि हुँदैन । बन्द गर्न खोज्नु पनि जोखिम हुन्छ,” उनले भने । 

मिथेन ग्यासलाई खाना पकाउने काममा प्रयोग गर्न सकिने प्रमुख श्रेष्ठले बताए । टेकुमा सरकारी कार्यालय, तरकारी पसलहरूमा वितरण भइरहेको विभागले जनाएको छ । 

आज बिहान करिब १० बजेदेखि फोहोर निस्किन सुरु भएको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्तबाट डीएसपी ढुण्डीराज न्यौपानेको टोली त्यहाँ पुगेको थियो । 

फोहोरा घरभन्दा माथि निस्किँदा घरहरूमा हिलो छ्यापिएको छ । अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu