देश
काठमाडौं । कैलालीका विभिन्न स्थानमा भारी वर्षा भएको छ । कैलालीस्थित खुटिया खोलामा जलसतह सतर्कता तह आसपास पुगेको छ ।
थप वर्षा हुने सम्भावना रहेकाले जलसतह थप बढ्नसक्ने भएकाले सो नदी तटीय क्षेत्र र आसपासको डुबान भइरहने होचा भूभागमा हुनेहरूले दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ ०६:३१
प्रतिक्रिया दिनुहोस्