site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घानामा मार्बग भाइरसबाट दुईजनाको मृत्यु, ९८ जना क्वारेन्टाइनमा

एक्रा । घानामा मार्बग भाइरसका कारण दुईजनाको मृत्यु भएको छ । घाना सरकारले संक्रमित दुवै बिरामीको दक्षिणी अशान्ति क्षेत्रको एउटा अस्पतालमा मृत्यु भएको जनाएको छ । 

अत्यन्तै उच्च गतिमा संक्रमण हुने यो भाइरस इबोला निम्त्याउने भाइरसको समूहमा पर्छ ।

यसै महिना मात्रै स्वास्थ्य परीक्षणपछि उनीहरूमा मार्बग भाइरस पोजिटिभ देखिएको हो । सेनेगलस्थित एउटा प्रयोगशालाले यसको प्रमाणिकीकरण गरेको हो । 

पश्चिमी अफ्रिकी मुलुक घानाका स्वास्थ्य अधिकारीहरूले भाइरस संक्रमणको आशंकामा ९८ जनालाई क्वारेन्टाइनमा राखिएको बताएका छन् । 

घानाको स्वास्थ्य क्षेत्रलाई सहयोग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले घानाले यति छिटो यसविरुद्ध कदम चलाएकोमा प्रशंसा गरेको छ । 

डब्ल्यूएचओको अफ्रिका निर्देशक डा. मात्सिदिसो मोएतीले भनेका छन्, “यो कदम निकै राम्रो छ । किनभने तत्काल र निर्णायक कारबाही नगरिएमा मार्बग सजिलै अनियन्त्रित हुनसक्छ ।"

अहिले सम्म यसको कुनै उपचार भेटिएको छैन । तर डाक्टरहरूले प्रशस्त पानी पिएमा बिरामी बाँच्ने सम्भावना बढ्ने बताउँछन् ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  २१:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro