site stats
बाह्रखरी :: Baahrakhari
देश
बुटवलमा जग्गाको लगत संकलन सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले फेरि जग्गाको लगत संकलन गर्न थालेको छ । बुटवल उपमहानगरपालिकाको वडा नम्बर १२ सहितका केही वडामा लगत संकलन कार्य जारी रहेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए । 

लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"अहिले कुन जग्गा व्यक्तिको हो, कुन जग्गा सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत संकलनको काम हुन्छ," उनले भने,"त्यसपछि पनि कसैको जग्गाको लगत संकलन गर्न छुटेको छ कि भनेर १५ दिने सूचना जारी गर्छौं । कार्यपालिकाको बैठकले भूमि आयोगसँग जग्गा नापजाँचका लागि अनुमति लिएर जग्गाको नापजाँचको काम सुरु हुन्छ ।"

जग्गाको लगत संकलनका लागि नगरले स्थानीयसँग छलफल पनि थालेको छ । सोमबार बुटवल १२ का बासिन्दाहरूबीच छलफल गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए । 

बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्यांक संकलनअनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्