site stats
बाह्रखरी :: Baahrakhari
देश
मेडिकल कलेजलाई मुख्यमन्त्री केसीकाे आग्रह ः गाँजा प्रशाेधन गरेर औषधी बनाउनुहाेस्

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य सेवाका हिसाबले नेपाल अब्बल भएकोले नेपालमै अध्ययन गरेर नेपाली जनताको सेवा गर्ने वातावरण निर्माण गरेमा मात्रै देश र नागरिकको स्वास्थ्य समृद्ध बन्ने बताएका छन् ।

लुम्बिनी युनिभर्सल मेडिकल कलेज भैरहवामा आयोजित करुणा फेस २०२२ को उद्घाटन गर्दै मुख्यमन्त्री केसीले मेडिकल कलेजमा अनुसन्धानलाई अझै प्रभावकारी रूपमा सञ्चालन गरी रोल्पा रुकुममा पाइने गाँजालाई पनि बिरामीको औषधीको रूपमा रिफाइन (प्रशाेधन) गरी प्रयोगमा ल्याउन अनुरोध गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

केसीले मेडिकल कलेजमा चिकित्सा विषय अध्ययन गरिरहेका विद्यार्थीहरूले नै आर्थिक संकलन गर्नेगरी आर्थिक अभावले मृत्य हुने जोखिममा रहेका बिरामीहरूको जीवन बचाउने कार्य गरिरहेकोमा धन्यवाद दिए ।

मुख्यमन्त्री केसीले राम्रो विषय नेपालमा अध्ययन गर्ने तर रोजगारीको लागि अमेरिका, अस्ट्रेलिया लगायत देशमा जाने चलन रहेको बताउँदै ती दक्ष जनशक्तिलाई नेपालमै रोक्न राज्यले योजना तयार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली जनताको स्वास्थ्यमा सुधार गर्न सबै लाग्नु पर्ने बताउँदै लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको उनले बताए । जुन देशका नागरिक स्वास्थ्य हुन्छन् त्यही देश समृद्ध बन्ने बताउँदै नागरिकलाई स्वस्थ बनाउनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १९:१३
प्रतिक्रिया दिनुहोस्