site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश नम्बर एकको नाम किराँत राख्न माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर । प्रदेश नम्बर एकको नाम किराँत हुनुपर्ने माग गर्दै किराँत राई यायोख्खाले सोमबार प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेशसभा सचिवालय भवन अगाडि यायोख्याले प्रदर्शन गर्दै प्रदेशको नाम किराँत राख्न माग गरेको हो ।

मोटरसाइकल र्यालीसहित यायोख्खाका सदस्यहरूले किरात प्रदेशको पक्षमा नाराबाजी गरेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनीहरूले सरकारको ध्यानाकर्षण गर्न प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीसँग भेटघाट गरी आफ्नो मागको विषयमा जानकारी गराए । प्रदेशसभा सचिवालय अगाडि आयोजना गरिएको कोणसभामा यायोक्खा सम्बद्ध कार्यकर्ताले प्रदर्शन गरे । 

यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेशको नामकरण किराँत नै हुनुपर्ने आफूहरूको माग रहेको बताए । उनले भने, “पहिचानको हिसाबले प्रदेशको नाम किराँत नै हुनुपर्छ भन्ने हाम्रो माग हो ।” राईले प्रदेशको पहिचानको लागि पनि किराँत प्रदेश नै आवश्यक रहेको दाबी गरे ।

यायोक्खा सम्बद्ध पदाधिकारीले मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाएर आफ्नो मागबारे जाकारी गराएका छन् । 

यायोक्खाको प्रतिनिधि मण्डलले नेपाली कांग्रेस प्रदेश एकका प्रमुख सचेतक सूयर्माराज राईसँग भेटघाट गरी किराँत प्रदेशको नामको विषयमा सकारात्मक वातावरण बनाइदिन ध्यानाकर्षण गराएका छन् । 

नेपाली कांग्रेस पहिचानवादी संघर्ष समितिले पनि प्रमुख सचेतक राईसमक्ष भेटेर आफ्ना मागबारे जानकारी गराएको छ । 

समितिका सचिव सुशील राईले कांग्रेस प्रमुख सचेतक सूयर्माराज राई समक्ष ज्ञापन पत्र बुझाइ पहिचान झल्कने नाम राख्न ध्यानाकर्षण गराएका छन् । पत्रमा लिम्बुवान–किराँत प्रदेश नाम हुनुपर्ने र विशेष स्वायत्त क्षेत्रहरू घोषणा गरिनुपर्ने माग गरिएको छ । 

प्रमुख सचेतक राईले औपचारिक रूपमा राखिएका मागबारे आफ्नो दललाई जानकारी गराउने समितिका पदाधिकारी समक्ष जानकारी गराए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro