site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपीलाई कारबाही हुनुपर्छ : खिमलाल भट्टराई

काठमाडौं । नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा प्रहरी ज्यादती भएको भन्दै प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा भट्टराईले उक्त घटनामा डीएसपीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पोखरीमा धकेलेको देखिएको भन्दै प्रहरी अधिकारीलाई कारबाही गर्न माग गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले तिलोत्तमा घटनाको अनुसन्धान हुनुपर्ने र सत्यतथ्य जानकारी सदनलाई गराउनुपर्ने बताए । संघीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उनको आरोप छ ।

त्यस्तै उनले नागरिकताको विषय धेरै गम्भीर विषय भएको भन्दै यसलाई द्रुत गतिबाट छिटो टुंगो लगाउनुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्